‘उपेन्द्र यादव सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्’

काठमाडौं – राजपा नेता मनिष सुमनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनु भएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाउनु भएको हो ।

फोरमका अध्यक्ष यादवले मधेशी जनतालाई धोका दिएको उहाँको भनाई छ । यादवले सरकारसँग मोटो रकम बुझेको भन्दै उहाँले त्यसको प्रमाण आफुसँग रहेको र आवश्यक परेमा देखाउन सक्ने समेत दावी गर्नुभयो । राजपाले स्थानीय निर्वाचनलाई सशक्त बहिष्कार गर्ने रणनीति लिएको उहाँले बताउनु भएको छ । शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने आफ्नो अधिकार भएको बताउँदै नेता सुमनले राज्यबाट दमन भएको जिकिर गर्नुभयो ।

राजपा नेता मनिष सुमनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनु पर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने माग राख्दै आएपनि सरकारले सुनुवाई नगरेको समेत गुनासो गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित