शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – उन्नाइस वर्षमुनिको आइसिसी वर्ल्ड कप क्वालिफायरको लागि १८ खेलाडी छनौट गरिएको छ । एसिया छनोट अन्तर्गत सिंगापुरमा हुने खेलका लागि अन्तिम १८ खेलाडी छानिएको हो ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा साथै नेपाल अण्डर नाइन्टिन टिमका प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितिले १८ खेलाडी छनोट गरेको हो ।

जुन १२ तारिखदेखि १७ सम्म कीर्तिपुरमा भएको सुपर लिग म्याचको आधारमा खेलाडी छनौट गरिएको हो ।

टिममा को को परे ?
-सन्दीप लामिछाने
-अनिल कुमार शाह
-किशोर महतो
-सुशान्त सिंह थापा
-बिक्रम कुमार भुसाल
-प्रकाश केसी
-पवन सर्राफ
-सन्दीप जोरा
-रिजन ढकाल
-प्रनित थापामगर
-साहब आलम
-रसिद खान
-मोहम्मद आसिफ शेख
-सन्दिप सुनार
-ललित नारायन राजबंशी
-रोहित कुमार पौडेल
-आदिल खान
-दिपेन्द्र सिंह ऐरी

तपाईको प्रतिक्रिया