दोस्रो चरणको निर्वाचनका लागि सात हजार पर्यवेक्षक खटिने

काठमाडौं – तीन प्रदेशमा हुने दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारहरुको मनोनयनपत्र जाँच गर्ने र मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आयोगले बेलुका ६ बजेभित्र सम्बन्धित निर्वाचन कार्यलयमार्फत सवै उम्मेदवाहरुको नामावली प्रकाशन गर्ने जनाएको छ ।

आजै उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । बिहान ८ बजेबाट १० बजेसम्म उजुरीका लागि समय रहेको थियो । त्यस्तै उम्मेदवारले उम्मेदवारी फिर्ता गर्ने समय असार ६ गते तोकिएको छ । असार ६ गते ११ः३० बजेभित्र उम्मेदवारी फिर्ता लिने कामपछि निर्वाचन आयोगले त्यहि दिन उम्मेदवारलाई निर्वान चिन्ह प्रदान गर्नेछ । असार १४ गते बिहान सात बजेबाट बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश नम्बर १, ५ र ७ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुदैछ । जसमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । ६४ लाख ३२ हजार मतदाता रहेको तीन प्रदेशमा एक महानगरसहित ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् ।

सात हजार पर्यवेक्षण
यसैवीच तीन प्रदेशका ३५ जिल्लामा असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सात हजार ८९ जनाले पर्यवेक्षण गर्ने भएका छन् । त्यसका लागि उनिहरुले अनुमति लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ४७ वटा संस्थाका करिव सात हजार ८९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने अनुमति लिएका हुन् ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित