बझाङको काँडा -५ मा वडाध्यक्ष सहित एमालेको प्यानलै निर्बिरोध

काठमाडौं – बझाङको काँडा गाँउपालिकाको एउटा वडामा एमालेका अध्यक्ष सहित सबै पदमा निर्बिरोध निर्वाचित भएका छन् । वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

गाउँपालिका बन्ने बेला निकै विवाद भएको र स्थानीयले आन्दोलन गरेर राष्ट्रिय चर्चा पाएको काँडा गाउँपालिका वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि एमाले निर्बिरोध भएको छ ।

महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलीत महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित