परिषदको बैठकः प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेले अध्ययन गर्न बाँकी रहेको बताएपछि आज बसेको संवैधानिक परिषदले पनि प्रधानन्यायाधीश सिफारिस गर्न सकेन । संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशका बारेमा आफूहरुले अध्ययन गर्न नै बाँकी रहेको बताएपछि बैठक स्थगित गरिएको हो ।

परिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गर्नु भएको थियो । न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफासिर गरेको छ । जसमा पराजुली सबैभन्दा बरिष्ठ हुन् तर, पराजुलीको नाममा सहमति जुटेन ।

विपक्षी दलका अध्यक्ष ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि कुनै निर्णय हुन नसकेको हो ।  यस्तै वैधानिक परिषद्को अर्को बैठक असार १५ गते राखिएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित