कंगोमा सेना र विद्रोहीबीच झडपः ५ विदोहीको मृत्यु, दुई नेपाली सेना घाइते

काठमाडौं – अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘मोनुस्को’ मिशन कङ्गोमा कार्यरत नेपाली सेना र त्यहाँको विद्रोहीबीच झडप भएको छ। झडपमा पाँच विद्रोहीको मृत्यु भएको छ भने दुई नेपाली सैनिक घाइते भएका छन्।
घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको र उनीहरुको परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको नेपाली सेनाले बताएको छ। शम्शेरदल गण २३ औं डफ्फाको सैनिक गस्तीमाथि स्थानिय विद्रोही समूह माई–माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाईते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो।
उक्त झडपमा विद्रोहीतर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ। गण रहेको स्थान बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको उक्त झडप भएको र घाइते नेपाली सैनिकहरुको गोमास्थित युएनको लेवल ३ अस्पतालमा उपचार भई रहेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ।

– एजेन्सी

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित