खुकुरी एफसीकाे अायाेजनामा फुकुओकामा फुटसल प्रतियोगिता हुँदै

टोकियो–फुकुओका शहरमा अहिलेसम्मकै ठूलो धनराशीको फूटसल प्रतियोगिता हुने भएको छ । नेपाली कम्यूनिटी फुकुओका खुकुरी एफसीले आयोजना गर्न लागेको यस प्रतियोगिताको प्रथम पुरस्कार ५ लाख जापानी येन रहेको छ । जुलाई महिनाको ८ तारकि शनिवार यो प्रतियोगिता हुन गईरहेको छ ।
स्वास्थ्यका लागि खेलकूद भन्ने नाराका साथ फुकुओका लगायत जापानका अन्य ठाउँमा रहेका खेलप्रेमी नेपालीहरुबीचको आपसी सद्भाव र भाईचारालाई बढवा दिनको लागि यस खेलको आयोजना गरिएको आयोजक खुकुरी एफसीले बताएको छ ।
यस प्रतियोगितामा २० टिमले सहभागिता जनाउन पाउनेछन् । त्यसो त टिम दर्ता गर्ने अवधी भने यही जुन महिनाको ३० तारिकसम्म रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५ लाख जापानी येन र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी द्वितीय हुने टिमले २ लाख जापानी येन र ट्रफी प्राप्त गर्नेछन् । दर्ता शुल्क ५० हजार राखिएको प्रतियोगितामा जापानबाहिरबाट सहभागिताको लागि जाने खेलाडीहरुको लागि बस्ने व्यवस्था समेत आयोजकले व्यवस्था गर्ने बताएको छ ।***

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित