यातायातका ८ कर्मचारी विरुद्ध ६१ करोड भ्रष्टाचार मुद्धा

काठमाडौं – संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागाजको आधारमा अनियमितता गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित