शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सरसफाइ गर्ने भएको छ ।

विमानस्थल सरसफाइ गर्ने विषयमा एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट तथा विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायबीच शुक्रबार सम्झौता भएको छ ।

सम्झौता अनुसार विमानस्थलको टर्मिनल गैरआवसीय नेपाली संघको नेतृत्वमा थप आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाइनेछ । यस अभियानको औपचारिक सुरुवात जुलाई २९ मा हुने छ ।

तपाईको प्रतिक्रिया