बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – आइसिसी च्याम्पियन्स ट्रफी २०१७ मा टस हारेर ब्याटिङमा उत्रेको पाकिस्तानले १८ ओभरको समाप्तीमा १०० रन पूरा गरेको छ । क्रिजमा रहेका ओपनरद्वय अजहर अलीले ४६ र फकार जमानले ४१ रन बनाएका छन् ।

अलीले ५ चौका र १ छक्काको मदतमा ४६ रन बनाएका हुन् । त्यस्तै फकार जमानले ४१ रन बनाउने क्रममा ५ चौका हानेका थिए । खेल इंग्ल्याण्डको ओभल मैदानमा भइरहेको छ । यी दुई देश १० वर्षपछि कुनैपनि प्रतियोगिताको उपाधिको फाइनलका लागि प्रतिष्पर्धामा उत्रेका हुन् ।

सन् २००७ को आइसिसी ट्वेन्टी-ट्वेन्टी विश्वकपको फाइनलमा यी दुई देशले खेलेका थिए । प्रतियोगिताको समूह चरणमा पाकिस्तान भारतसँगै पराजित भएपनि दक्षिण अफ्रिका, श्रीलंका र इग्ल्याण्डलाई हराउँदै फाइनल पुगेको हो ।

तपाईको प्रतिक्रिया