शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – थकाली सेवा समिति जापानले यस वर्ष पनि समर बार्बेक्यु (बनभोज) कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगतदेखि नै गर्दै आएको समर बार्बेक्यु कार्यक्रम यस वर्ष आउँदो जुलाई १६ तारिख (आइतबार)का दिन गरिने आयोजकले विज्ञाप्ति मार्फत जनाएको छ ।

समर बार्बेक्यु कार्यक्रम टोक्योको सिनकिबा स्टेशनको तोरिचु युमेनो सिमा कोएनमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म गरिने आयोजकको तर्फबाट संयोजक अनिल भट्टचनद्वारा जारी विज्ञप्तिमा उख्लेख गरिएको छ । संस्थाका अध्यक्ष बुद्धि गौचनले बिगतका बर्षहरुमा झैं यस वर्ष पनि विभिन्न परिकारहरुको साथमा समर बार्बेक्यु कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रममां विविध मनोरञ्जनात्मक प्रस्तृतीहरु समेत रहने भएकाले जापानबासी नेपालीलाई सहभागिताका लागि आग्रह समेत गर्नुभएको छ ।

यस्तै संस्थाका संरक्षक सरद कुमार गौचनले थकाली सेवा समिति (थसेस)जापान स्थापना भएको १९९१ सालदेखि नै समर बार्बेक्यु कार्यक्रम गर्दै आएको बताउनु भएको छ । उहाँले यस वर्ष २६ औं समर वार्वेक्यु कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रमले छुट्टै पहिचान तथा ईतिहास बोकेको स्पष्ट पार्नुभयो । संरक्षक गौचनले जापानमा नेपालीहरुले बार्बेक्यु गर्ने संस्कारको थालनी थकाली सेवा समितिले गरेको समेत दावी गर्नुभयो ।

जापानमा पहिलो पटक २६ वर्ष पहिले टोक्योको फुतागो तामागावास्थित खोलाको किनारमा छेलो फाल्ने, लठो तान्ने कार्यक्रम सहित थसेसले समर बार्बेक्यु कार्यक्रम आयोजना गरेको उहाँको भनाई छ । त्यसबेला संस्थाका सदस्यहरुमा मात्र सिमित रहेको बार्बेक्यु कार्यक्रम केहि बर्ष यता जापानबासी नेपालीको सामुहिक पर्वको रुपमा परिणत भएको बताउँदै उहाँले खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया