जापानको समुद्री क्षेत्रमा हराएका सात अमेरिकी नौसेनाको शव भेटियो

टोकियो – अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा हराएका चालक दलका सात सदस्य मृत अवस्थामा भेटिएका छन् ।

अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा शनिबार ठोक्किँदा हराएका उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

शव पहिचानका लागि जापानको अस्पताल लगिएको छ । उद्धारकर्मीले आइतबार बिहान शवसँग जहाजको क्षतिग्रस्त भागको टुक्रा पनि फेला पारेका छन् । योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित