विद्रोहीको कब्जामा रहेको सिरियाको डेरामा अस्थायी युद्धविराम

सिरिया – सिरियाको दक्षिणी शहर डेरामा विद्रोहीले कब्जा गरेको इलाकामा अस्थायी युद्धविरामको सहमति भएको छ । एक हप्तासम्म लगातार बमबारी गरेको सिरियाली सरकारले यो युद्धविराम ४८ घण्टासम्म कायम रहने जनाएको छ । सिरियाली सरकारले गरेको युद्धविरामलाई अमेरिकाले स्वागत गरेको छ ।

उता सिरियाका लागि संयुक्त राष्ट्र संघका दूत स्टेफान डे मिस्टुराले सिरिया र युद्धमा सामेल अन्य देशबीच फेरि शान्ति वार्ता शुरु हुनसक्ने बताउनुभएको छ । उहा्रँले आगामी जुलाई १० मा शान्ति वार्ता सुरु गर्न चाहेको बताउनुभएको हो ।

यसअघि गतवर्ष सिरिया शान्तिवार्ताका लागि संयुक्त राष्ट्र संघका अधिकारी, बसर–अल–असद नेतृत्वको सिरियाली सरकार र विद्रोही समूहका प्रतिनिधिबीच निकै बैठक भएका थिए । तर ती बैठकमा सिरिया संकट समाधान गर्न कुनै ठोस सहमति भएको थिएन ।

 

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित