शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – धितोपत्र बजारमा यो साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको थियो । कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम हो ।

स्टककाअनुसार गत साता तीन अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । सो स्किमको दुई लाख १५ हजार कित्ता सेयर कारोबार भएको थियो । यो सात विभिन्न आठ कम्पनीका बोनस र हकप्रद सेयर समेत स्टकमा सूचीकृत भएका छन् ।

तपाईको प्रतिक्रिया