गल्काेट स्पाेर्टस् क्लवकाे अधिवेशन सम्पन्न, अध्यक्षमा रत्नसिंह बस्नेत चयन

टोकियो–‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नाराका साथ स्थापित गल्कोट स्पाेर्टस् क्लव जापानको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट रत्नसिंह बस्नेतको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएकाे छ ।
गल्कोट समाजका सल्लाहकार बेलुकाजी थापा, दिलु खत्री, कालिका थापा, रामकृष्ण बम मल्ल र नविन निउरेको ५ सदस्यीय निर्वाचन समन्वय समितिले निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष्यमा निम खड्का, विजय भण्डारी र देवेन्द्र खत्री चयन भएका छन् ।
त्यसैगरी महासचिवमा लक्ष्मण कार्की, सचिवमा दुर्गावहादुर खत्री, कोषाध्यक्षमा महेन्द्र सहनी र सह–कोषाध्यक्षमा डिलाराम निउरे चयन भएका छन् ।
सदस्यहरुमा लोकेश खत्री, भविन थापा, ध्रुव कंडेल, लक्ष्मण भण्डारी, प्रकाश निउरे, दिपेश खत्री, चित्र चोखाल (नारायण), हिमाल कंडेल, राजु बस्नेत, तेजिन्द्र बस्नेत, संजय साहनी, हरि भण्डारी, गणेश केसी, सन्तोष केसी, रविन भण्डारी, राजा खत्री र बसन्त खड्का रहेका छन् ।
नव गठित समितिका पदाधिकारीहरुलाई निर्वाचन समन्वय समितिका संयोजक बेलुकाजी थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित