बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – ‘ठमेल बजार’ र ‘काले दाइ’ लगायतका चर्चित गीतकी गायिका मीना पोखरेललाई ‘छिन्नलता’ पुरस्कार–२०७३’ प्रदान गरिने भएको छ । उहाँलाई युवा नवप्रतिभा पुरस्कार दिन लागिएको ‘छिन्नलता’ पुरस्कार गुठीलले जनाएको छ ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय भइ योगदान पुर्याए वापत मीनासँगै ६ जना प्रतिभालाई पुरस्कृत गर्ने गुठीले विज्ञप्ति मार्फत जनाएको छ । गायनतर्फ आजीवन समर्पणका लागि माधवलाल श्रेष्ठ तथा सङ्गीतमा मणिकमल क्षत्रीलाई छिन्नलता विशेष सम्मान प्रदान गरिने गुठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गीत रचनातर्फ धनेन्द्र विमल, गायनमा शिशिर योगी, सङ्गीतमा टीका भण्डारीलाई पुरस्कृत गरिनेछ ।

यी पुरस्कार र सम्मान गुठीकी संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्म तिथि पारेर असार २० गते वितरण गरिने विज्ञप्ति मार्फत जनाइएको छ ।

तपाईको प्रतिक्रिया