बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – बालश्रम विरुद्ध आवाज उठाएको चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सडक बालबालिका, घरेलु श्रमिक, बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो ।
रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन । आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हालेकी हुन । साउन ६ गतेबाट प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफु समाज सेवामा पनि सक्रिय रहीआएको र समाजकै कथालाई चलचित्रमा प्रस्तुत गरेको बताएकी छिन् ।
यस्तै, चलचित्रका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए । उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए । डव्वुका अनुसार अहिले यि चौ जना विभिन्न क्षेत्रमा रोजगारिमा रहेका छन् ।
चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया