शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

झापा – झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ ।  प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले जानकारी दिनुभयो ।

आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस कार्यक्रमले सुत्केरी महिला र नवजात शिशुको सुरक्षार्थ अस्पतालले ३८ शै्ययाको एनआइसीयु र ५० शै्ययाको आइसीयु सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । सो कार्यका लागि अस्पतालमा दैनिक पाँच महिला विशेषज्ञले सेवा प्रदान गर्ने र नवजात शिशुका लागि तीन बलरोग विशेषज्ञले नियमित सेवा उपलब्ध गराउने अस्पतालका मेडिकल डाइरेक्टर निराजन प्रसार्इंले बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको सो अस्पतालमा हाल दैनिक पाँच जनासम्मले प्रसूति सेवा लिँदै आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो ।

अस्पतालका महिलारोग विशेषज्ञ सुनिल साहले गर्भवती महिलाले चार पटकसम्म नियमित स्वास्थ्य जाँच गराए रु चार सय थप रकम दिने र कार्यक्रम लागू भएपछि अस्पतालमा शिशु जन्मिए सरकारमार्फत यातायात खर्चसमेत प्रदान गर्ने जानकारी दिनुभायो ।

तपाईको प्रतिक्रिया