बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं  – दुवईमा पासपोर्टको सट्टा ‘स्मार्ट युएई वालेट’ प्रयोगमा आएको छ । दुवईको इन्टरनेशनल एयरपोर्टबाट प्रस्थान गर्ने यात्रुले अब पासपोर्टको सट्टा यो वालेट प्रयोग गर्नु पर्ने छ ।

दुवईको विदेश मन्त्रालय, प्रहरी र सर्वाजनिक सुरक्षा परिषदले इमिरेट्स एयरलाइन्स सँगको सहकार्यमा गएको मंगलबार दुवई अन्र्तराष्ट्रिय विमानस्थलमा यो सेवा सुरु गरेको हो ।

स्मार्ट वालेटले सुरुवातमा व्यक्तिगत परिचय पत्र, पासपोर्टको विवरण र यात्रुको लागि स्मार्ट गेट कार्ड डाटा हुन्छ ।

यो नयाँ सेवाबाट यात्रुलाई प्रस्थान समय कम लाग्ने अपेक्षा गरिएको छ । यो एपले यात्रुको समय र उनिहरुको कागजपत्रलाई पनि सुरक्षित गर्ने छ । यात्रुले स्मार्ट गेटमा स्मार्ट फोनको प्रयोग गरे पुग्छ । उनीहरुको अन्तीम प्रस्थानको लागि फिङ्गर प्रिन्ट दिन पर्ने छ ।

तत्कालका लागि यो एप विमानस्थलको ट्रमिनल ३ मा प्रयोग गरिएको छ । अरु एयरलाइन्स सँग पनि यो एप जोडिसकेपछि सबै ट्रमिनलमा प्रयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया