बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – जापनमा रहेका दुई नेपालीले एक गीत मार्फत आफु मरेर जाने कुरा गरेका छ्न । पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक गितलाई माया गर्दै आएका नव सर्जक दिपक कँडेलको शब्द तथा जापानमै रहनुभएको सर्जक प्रेम सापकोटा सोनुको लय रहेको म मरेर गएनी बोलको गीत बजारमा ल्याउनुभएको छ ।

सञ्चार क्षेत्रमा आधा दशक भन्दा लामो अनुभव भएका बागलुङका युवा सुवास कँडेल र सारिका के.सीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गर्नुभएको छ ।

यसअघि पनि केहि गीतहरु मार्फत अभिनय कला प्रस्तुत गरि सक्नुभएको र अगाडीका गीतहरु जस्तै यस गीतलाई पनि सबैले मन पराइदिनेमा आफु आशावादी रहेको कँडेलले बताउनुभयो ।

सो गीतमा माया प्रेममा विछोड भए पछिका दुखान्त कुराहरुलाई प्रस्तुत गरिएको छ । बबइ म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा प्रकाश खरालको आवाज रहेको छ भने उहाँलाई देवी घर्तिले साथ दिनुभएको छ ।

तपाईको प्रतिक्रिया