अनएक्सपेक्टेड लव ! (जापान लव स्टोरी भाग-२)

केटि कस्तो लाग्यो केशु ?
प्रश्न अनेपेक्षित थिएन । सरिका शर्मा अर्थात जापानबट मेरी प्रेमिकाको जसरी सजिलोसँग रिजेक्ट गर्दिम्ला भनेर सरिकाको अनुमतिमै म केटि हेर्न गएको थिँए । सविलाई देखेर आएदेखि मनमा चैन छैन । कता कता अरु नै सोच पनि आउन थालिसकेको थियो ।

गोधुलि साँझ भैसकेको हुँदासम्म नि दिउँसो देखिको सरिकाको म्यासेजमा सिन गरेर नि रिप्लाई गर्ने मन आएन।झारा टार्ने म्यासेज पठाए त सकिएकै थियो र पनि मौनताले पनि शब्द बोलोस भन्ने लाग्यो ।

यता सविको रिक्वेस्ट एसेप्ट गरिसकेको थिँए । हाई हेल्लो चल्न थालिसकेको थियो। विस्तारै हामिमा धेरै कुराहरू बारम्बार साँटासाँट हुन्थे । अष्ट्रेलियावाट राजले नि सोध्यो ओई केटी हेरिस त ?
हेरेँ !
उसले सोध्यो, ब्या नै गर्ने भईस कि के हो ?
ब्या त नहोला अब घुमाउन चैँ घुमाईन्छ यार, केटि हाँसि त फसिू बुझिसनि कुरो ? व्वाईफ्रेन्ड अष्ट्रेलिया रैछ ! थाहा छ नि मेरो पारा ।

कुरैकुरामा कहाँको केटी, कस्ती केटी ? सबै चाख लिएर सोध्यो । सविस्तार साबिति बयान दिँए । मानौँ केटिको अभिभावक नै उहीँ हो जसरीर लास्टमा भन्यो,
त्यस्तो त नगर यार ! धोका हुन्छ तेरो ग्रलफ्रेन्डलाई ।

सरिका र म एक्लै एक्लै बनेर बस्नुपर्ने स्थिति आईपुग्यो । उ स्टुडेन्ट भिसामा जापान जाने भई । सम्हालिन उस्तै गार्‍हो पर्यो हामिलाई र पनि भविष्यमाथि खेलवाड र उसका चाहनालाई लत्याउन पनि त नसकिने रहेछ । कहिले लाग्थ्यो हे भगवान भिसा नलागेनि हुन्थ्यो ।

अब लागि त गो, दुई बर्ष पछि फर्केर विवाह गर्ने र उ संगै जाने कसम थियो हाम्रो । दुई बर्षको समय जसोतसो बित्यो । उ आउने समय नजिकिएकोमा म खुसि थिँए तर त्यो दिन उसले त्यो बिचमा आँउदा जाँदाको खर्च देखि समयको हिसाब देखाएर भनि, केही समय काम गर्छु ,केही जोगिन्छ भिसा थपिसकेँ !उस्ले बिना जानकारी भनी ।
आखिर हाम्रै लागि राम्रो त हो, त्यति कमाउन नि त गार्‍हो छ नि अब दुई बर्ष अलिक बढि लाग्ने भो म आँउन ,नाँइ नभन न प्लिज !!

त्यतिबेला मैले उ संग धेरै असहमति राखेँ । आखिर मन बुझाउनु बाहेक केहि भएन अर्थात उसको जितमा मेरो हार फिक्का हुन पुग्यो । एउटा बिहे गर्ने उमेरको छोरामान्छे भएर चार–पाँच बर्ष कसैको प्रतिक्षामा बन्धक बनेर अभिभाबकको वरपर गुमनाम बस्नु कहाँ त्यति सजिलो हुँदो रहेछ र, उ पो बाहिर छे कस्ले के भन्नू छ र ? नेपाल आएपछि बिहे गर्छु भने हुन्थ्यो ।

दुईवर्ष विहे गर्दिनँ भनेको समय गुज्रिसकेको थियोे । उ आईन् यता घरकाले कचकच गर्न थाले ।जे भएनि केटी त हेर्ने नै भयौ अौपचारिकताका लागि भएपनि । स्वीकृति सरिकाकै थियो ।
जापानी स्कुल सकेपछि उ केही निस्फिक्रि जस्तै थिई । धेरै समय घुमघाम र फेसबुकमा पोष्टिईने फोटाहरु आफै बोल्थे । बारम्बार दोहोरिईरहने केही केटासंगको तस्बिरले मलाई सशंकित बनाँउदै लग्यो । त्यसपछि,कुराहरु पातलिँदै गएको भान मलाई हुन्थ्यो । उसका प्रत्येक फोन र म्यासेजमा उसले केही झर्को मान्दै गएको आभाष मलाई पर्दै थियो । उ सोच्लि, केटा मान्छेको के भर ?

म सोचौँला,केटी मान्छेको के भर ? र पनि संसारमा विश्वास बाहेक ठूलो के नै हुँदो रहेछ र ?
आफुले हृदयदेखि मन पराएको मान्छे न पाउनु ,न गुमाउनुको स्थिति यति पिडादाएक त त्यतिबेला हुदोरहेछ जब छोरा मान्छे भएर आँशु लुकाएर रुनुपर्छ !

यता सवि छ । कुरा गर्दैँ जाँदा उसको ब्वाईफ्रेन्डबारे सोधेँ, उस्ले भनी ‘राज’ । फोटो पठाई, अफसोच ! उहीँ कलेज पढ्दाको साथी नागरिकताको नाम ‘खेमराजु’ मैँले बोलाउने नाम ‘ज्यमराज’ केटीरुलाई उस्ले भन्न रुचाउने नाम ‘राज’ पो रहेछ। मैँले नि सरिकाको बारेमा केही कुरा भनेँ, उस्ले चिनेजस्तो लाग्छ भनि ।
अन्त्यमा ‘तर आजकाल हजुरसंग फेसबुकमा फ्रेन्ड भएको थाहा भएदेखि रिसाको छ, राम्रो मान्छे होइन त्यो भन्छ, बोल्न नि झर्को मान्छ, उस्ले चिन्छ रे ! भनी ।
मैले सहज भनेँ, साथी हो म सम्झाँउछु ।

उसले ‘ओके’ भनी।
केही दिनपछि बल्ल बेलुकी राजलाई अनलाइन भेटेँ कुरा गर्दै गयौँ मैले ठड्यौलि पारामा भनेँ,
के हो यार, मेरै वरपर नि तेरो गर्लफ्रेन्ड लुक्ने ठाउँ रैछ त !
तलाई भन्नू के छर अब, उ बोल्यो ।
लु लु अब चिन्ता न लि तेरो गर्लफेन्डलाई नि आफ्नै जसरि राखम्ला नि !
अघिपछि जे भनेनि नरिसाउने उसलाइ शंकाको आगोमा घिउ थप्ने काम गरेर ठुलै बज्रपात गरिदिएको थिँए । कलेजमा पढ्दा धेरै केटीहरु मेरो नजिक पढाइका कारणले हुन्थे । भेटघाट हुन्थ्यो र पनि केटाहरुले मप्रति हेर्ने नजर अलिक फरक थियो । तर पनि यसमा कुनै प्रतिप्रश्न गर्नु मलाई थिएन। सायद उसले त्यही सोच्यो ।

त्यसै दिनदेखि राजले न मेरो रिप्लाई दिन्थ्यो न सविको । सविको पनि धेरै म्यासेजहरु सिन गरेर मात्र छोड्छ अचेल। सवि यति आँत्तिन थालिकि प्रत्येक कुरा मसंग रोएर सेएर गरेर बस्थि । नसम्झाँउ पनि नहुने, धेरै नजिक भएर सम्झाँउ पनि आफ्नै साथिको झल्को कताकता परिहाल्ने । उसले धेरै चोटि भेटम भनी र पनि समयको अभाव देखाँउदै टारिरहेँ । एकदिन चैँ भेट्ने नै भईयो ।
मंसिर– पुस आगो ताप्दै सकियो बैशाख हुँदै फेरि विवाहको वाजा बज्ने दिन आईसकेकै थियोे । नवविवाहित जोडिहरु दरवारमार्ग आशपास सपिङ्ग र रेष्टुरेन्टमा पनि अनुमान लाउन गार्‍हो थिएनन ।
सबै सहज भएर जान्थ्यो भने हाम्रो जिन्दगी पनि संगै यस्तै हुन नि बेर थिएन ! यहि सोचेरै आफन्तिले जुराएका थिए सवि र मेरो भेट । अलिकति नि मौसम नखुलेको त्यो दिन दरवारमार्ग ‘कान्छाको भान्सा’ रेष्टुरेन्टमा दुई कप कफिको वाफ उड्दै थियो । लाग्थ्यो वाफ पनि जापान र अष्ट्रेलियानै उड्दैछन । सविले सुविन भट्टराईको ूमनसुनू ल्याईदिएकि थिई जुन म उसलाई हेर्न जाँदा साथमा थियोे र अहिलपनि हातमै छ । उ मेरो साईडमा कुनापट्टिको टेबुलमा छ । निराश देखिन्छे, यत्तिकैमा सोधेँ !
मनसुन कस्तो लाग्यो त ?

कताकता आफुलाई पाँउछु र यथार्थ लाग्छ।
उसले जवाफ फर्काई । कुरा गर्दै जाँदा राज रिसाएकोमा उसलाई धेरै नरमाइलो लागेको छ । खेमराजको यस्तो रुप कहिल्यै नदेखेकि उसको मन फर्किन्न कि भन्नेमा चिन्ता छ ।
अब त उस्ले छोड्यो भने म जिउनुको नि के अर्थ छ र ?
आफु उ छ भनेर यसरी विना शंका बसेको छु ।

एउटा केटामान्छे र केटीमान्छेमा यहि फरक रहेछ, हामी मन दिएपछि दिन्छौ मात्र तर केटाहरु लिँदामात्र रहेछन ।
आज म यस्तो हालतमा हुँदा नि म्यासेज रिप्लाई नदिएरै तड्पाँउछ !
कति कठोर हुन्छ है माया गर्ने मान्छे नि कुनैबेला त ।

उसले एउटा केटाको बारेमा अर्को केटासंग यति संगिन आरोप लगाँउदैछ त्यो पनि मेरो काँधमा टाउको राखेर । त्यो दिन ूमनसुन ू मलाई थमाएर गई पनि के भनुँ मन नै थमाएर गई । एकथान सेल्फि नारायणहिटी संग्रहालय पृष्ठभूमि बनाएर लियौँ र उ वाटो लागि ।
बेलुका सविबारे सरिकालाई सेल्फि पठाएर सबै कुरा भनेँ।उस्ले केही राम्रो भन्लि जस्तो लागेको थियो तर उ झोक्किई।

यस्तै हुन्छन् केटा मान्छेहरु । जे सोचेको उही भैदियो । घरिघरि त्यही केटी भेट्नु थियो भने मलाई कुरेजस्तो किन गर्नु पर्यो त ?
उस्का शब्द शब्दले घोचे मलाई त्यो पल !

मास्टर्स सकेर कुनै वाटो लिईएला भन्ने थियो । न जोस न जाँगर अब बाँकि रहे जिन्दगीका । सवि र मेरा कथा उस्तै वने अब व्यथा उ केटी बनेर पोख्थि आफु केटा बनेर । त्यसपछि हाम्रा भेट बाक्लो बन्दै गए । सबैभन्दा वढि ।।।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित