शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट नजिक देखिने खगोलबिद्हरुले जनाएका छन् ।

यो तारा नेपालबाट पनि देख्न सकिने बताइएको छ । पृथ्वीको सबैभन्दा नजिक रहँंदा यो तारा १२ करोड १३ लाख ३९ हजार ७ सय ८६ किलोमिटरको दूरीमा रहने छ ।

पुच्छ्रेतारालाई हेर्न धुम्रकेतुको पृथ्वीसंग पहिलो र अन्तिम साक्षात्कार हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । पुच्छ्रे्रतारा खगोलबिद् जेस जोन्सनले सन् २०१५ को नोभेम्बर ३ मा आकासीय ग्रह निरीक्षण अन्तर्गत पहिलोपटक धुम्रकेतु पत्ता लगाएका थिए ।

तपाईको प्रतिक्रिया