बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नेपाली विद्यार्थी ओरियन्टेशन कार्यक्रम
फुकुओका जापान
३० जुन २०१७

परिचय तथा कार्यक्रमको औचित्य 
करिब ५ हजार नेपालीहरु बसोवास गर्ने जापानको क्युश्यु क्षेत्रमा यसको ८० प्रतिशत जनसंख्या फुकुओका क्षेत्रमा बसोवास रहेको देखिन्छ । त्यसैगरी यसको पनि ८० प्रतिशत बिद्यार्थी र उनीहरुका परिवार भएको देखिन्छ । ब्यापारिक क्षेत्रमा नेपाली तथा भारतीय खानाका केहि रेष्टुरेन्ट बाहेक कुनै उल्लेख्य क्षेत्रमा व्यापार ब्यवसाय भएको पनि देखिदैन र हाल फुकुओकाबासी नेपालीहरु मध्य बहुसंख्यकरुपमा रहेका बिद्यार्थी समुदायका गतिबिधि एवं जीवनशैलीले केहि गम्भीर प्रश्नहरु उठाएको छ । यसले नेपाली समुदाय र जापानी समुदायमा गम्भीर चिन्ताको महशुस गरिएको छ ।

केहि प्रमुख प्रश्नहरु यसप्रकार लिन सकिन्छ ।
१. नेपालीहरु यति धेरै संख्यामा किन जापान आइरहेका छन् ? र उनीहरुको अवस्था अहिले कस्तो छ ? अध्ययन, पार्टटाइम काम, दैनिक जीवन कस्तो छ ? के साँच्चै अध्ययन गरिरहेका छन ? नेपाली बिद्यार्थी समुदायको जापानी तथा नेपाली समाजमा परेको सकारात्मक र नकारात्मक पक्ष तथा प्रभाव के हुन ?

२. नेपाली बिद्यार्थीका जिम्मेवारी, कर्तब्य के हो ? उनीहरुले भोगेका समस्याहरु के हुन ? र त्यसको समधान के हो ? उनीहरु कसरी सफल हुन सक्छन ? के उनीहरु अझ लगनशील र संकल्पित हुनु जरुरी छ ?
के उनीहरुलाई थप सहयोग र सल्लाहको जरुरत छ ?
३. जापानमा यी नेपाली बिद्यार्थीहरुको भबिष्य कस्तो छ ? चुनौती र अबसरहरु के कस्ता छन ?
४. नेपाली समुदायमा देखिएका बिबिध समस्याहरुको समाधानमा नेपाली समुदायमा सक्रिय रहेका संघसंस्थाहरुको भूमिका के कस्ता छन ? आदि  प्रश्नहरु हुन जसलाई हामीले अहिले नै जवाफ दिनुपरेको छ – हामी यी समस्याहरुको संबोधन गर्न धेरै ढिला गर्नुहुँदैन र अंग्रेजीमा एउटा भनाई छ, Stitch in time saves nine त्यसैले हामी सबैले बेलैमा नै समाधानको लागि पहल गर्न ढिलो गर्नुहुदैन र समयमा सम्हाल्न सकिएन भने त्यसले पछि ठूलो क्षती बेहोर्नुपर्ने स्थिति आउँछ, त्यसैले नेपाली समुदायको समृद्धि, मर्यादा, र सुरक्षित प्रवासी जीवनको लागि ब्यबहारिक र व्यापक सोचका साथ एकिकृत रुपमा समस्याको पहिचान र समाधानमा लागि लागि पर्नुपर्ने अवस्था महसुश गरिएको छ । हामीले यो पनि बिर्सन हुँदैन कि जापानी समुदायसंग न्यानो सम्बन्ध बिकास गर्नु जरुरी छ । जसले हामीलाई उनीहरुको समाजमा खुशीका साथ स्वीकार गर्न सकुन र हामीले यस्तो कार्य कदाचित नगरौ जसले उनीहरुको सामाजिक र साँस्कृतिक मूल्य, मान्यतामा नकरात्मक असर पर्ने काम होस र यस्तो काम गरौं जसले जापानी समाजको अनुशासन र मर्यादाको उच्च पालना गर्न सकौं जसले गर्दा नेपाली समुदायको भलो र इज्जत अभिबृद्धि भै हाम्रो प्रबासी जीवन मर्यादित र सार्थक हुन सकोस र बुद्ध जन्मेको देश नेपाल र जापान बिच धेरै गहिरो सम्बन्ध छ । हामी कतिपय सामाजिक साँस्कृतिक धार्मिक मान्यताहरुमा समान आस्था राख्छौं । त्यसैले हाम्रा सरकार र हाम्रा जनता बिच अत्यन्तै गहिरो मित्रता छ । जसरी हामीहरु जापानमा आउन पाउँदा खुशी छौं त्यसरी नै जापानीहरु पनि नेपाली युवाहरुले आफ्नो अध्ययन व्यवसायिक गतिबिधिको रोजाई जापान बनाएकोमा खुशी हुनुपर्ने अवस्थाको निर्माण गर्नु जरुरत छ । यो पारस्परिक सम्बन्धमा पारस्परिक हित लुकेको छ । त्यसैले हामीले यो दुई समाज दुई देश बिचको सेतुकोरुपमा काम गर्नु आबश्यक छ, यो परस्परको सम्मान र लाभको परिबेशलाई कसरी विकास र प्रबर्धन गर्न सकिन्छ भन्ने कुरामा हामी सबैको ध्यान जान जरुरी छ । यो नै हाम्रा सबै गतिबिधिको प्रेरक तत्व हुनुपर्छ ।

त्यसैले अहिले सबैभन्दा महात्वपूर्ण कार्य भनेको हामीले निकै शान्त र बिबेकपूर्ण किसिमले हाम्रो आफ्नो अवस्थाको सहि पहिचान गरेर समयको मागअनुसार काम गर्नु हो र यस प्रस्तावित ओरियन्टेशन कार्यक्रमले नेपाली समुदायका यिनै बिबिध पक्षमा केन्द्रित भएर नेपाली समुदाय र बिशेष गरी बिद्यार्थी समुदायलाई उनीहरुको मनमस्तिस्क परिबर्तन गरि उच्च लक्ष्य प्राप्तीका लागी ब्यबहारिक र प्रगतिशील पथप्रदर्शन गर्ने बिश्वास राखिएको छ । यो कार्यक्रमले हामी सबैलाई बलियो, आत्माशक्ति प्रदान गर्ने छ । हाम्रा युबाहरुको भबिष्य निर्माणको रोडम्याप बनाउन मद्दत गर्ने छ भन्ने पनि आशा गरिएको छ । प्रकारान्तरले हाम्रा युवावर्गले जापानमा अफ्नो सीप र शक्ति निर्माण गरे भने त्यो हाम्रो राष्ट्रको ठूलो उर्जा हुन सक्छ जसले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

हाम्रो यो पबित्र उद्देश्यलाई प्राप्ती गर्न हामीले नेपालबाट उच्च बौद्धिक तथा नैतिक ब्यक्तित्वहरु त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति एवं जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमा, लेखक, बुद्धिजीबी एबम लोकप्रिय ब्यक्तित्व रबीन्द्र मिश्रलाई निमन्त्रणा गरेका छौं भने जापानमा नेपाली समुदायका रोलमोडल बन्न सफल भएका आदरणीय भवन भट्ट एवं जिज्ञानकुमार थापाज्यूको जापान अनुभब र प्रस्तुतिबाट पनि धेरै युवाहरु लाभान्वित हुन सक्ने छन भन्ने हामीले विश्वास गरेका छौं ।
अन्तमा, यस कार्यक्रममा सक्रिय सहयोग तथा सहभागिताका लागी हाम्रो नेपाली समुदायका सबै क्षेत्र वर्ग ब्यबसायका महानुभावहरुमा बिनम्र अनुरोध गर्न चाहन्छौं र त्यस्तै फुकुओका स्थित बिभिन्न जापानी भाषा स्कुल तथा कलेजहरुका नेपाली बिद्यार्थी तथा बिद्यार्थीसंग सम्बन्धित गुरुहरु एबं स्कुल प्रशासनको पनि सक्रिय सहयोग तथा सहभागिताका लागि विशेष अनुरोध गर्न चाहान्छौं । कार्यक्रमको प्रभावकारिताका लागि रचनात्मक सहयोग, सुझाव एवं सल्लाहको अपेक्षा गर्दछौं ।

प्रार्थी
धर्मराज अधिकारी
प्रमुख संयोजक
हाम्रो नेपाल, हामी नेपाली अभियान,
फुकुओका जापान
इमेल: ajacademyhotmail.com
फोन: 092-557-8667, 080-5605-8882 092-557-8678
२०१७ मई २५ फुकुओका

तपाईको प्रतिक्रिया