बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाउनुभएको थियो ।

तर, एमाले अनुपस्थित भएको छ । कांग्रेसले देउवाको नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको नेताहरुले बताएका छन् ।

संसद भवन बानेश्वरमा जारी बैठकमा संसदमा रहेका अन्य दलका शीर्ष नेताहरु भने सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले बिहीबार सात दिनको समय दिएर सहमतीय सरकार गठनका लागि आहृवान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया