शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

स्याङ्जा – अखिल नेपाल फुटबल संघ केन्द्रिय कार्यालयको निर्णय अनुसार राष्ट्रिय स्तरको एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिता स्याङ्जा र पाल्पामा मंगलबारदेखि सुरु हुँदैछ ।

स्याङ्जाको वालिङमा पहिलो पटक आयोजना हुन लागेको महिला राष्ट्रिय फुटबल प्रतियोगितामा १४ जिल्लाका महिला फुटबल खेलाडीको सहभागिता रहने छ । यस्तै पाल्पामा हुने प्रतियोगितामा १४ जिल्लाको सहभागिता रहने एन्फा स्याङ्जाका अध्यक्ष एलबी ज्वार्चनले जानकारी दिनुभयो । स्याङजा र पाल्पा एक-एक सेमिफाइनल तथा फाइनल खेल पाल्पाको तानसेनमा हुनेछ ।

४० जिल्ला एन्फामा आवद्धता रहेपनि २८ जिल्लामा मात्रै महिला फुटबल खेलाडी छन् । केन्द्रिय निर्णय अनुसार एन्फा स्याङ्जाको आयोजनामा वालिङमा र एन्फा पाल्पाको आयोजनामा पाल्पामा फुटबल प्रतियोगिता हुन लागेको छ ।

प्रतियोगितामा पहिलो हुनेले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै विभिन्न पाँच विधामा जनही १५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया