शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति सारेसँगै राष्ट्रिय जनता पार्टी आन्तरिक छलफलमा जुटेको छ । चुनाव सार्ने निर्णय सकारात्मक मानेको राजपाले थप रणनीति तय गर्न बैठक बोलाएको हो ।

मधेश केन्द्रित ६ वटा दल मिलेर बनेको राजपाले मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा, मुद्दा फिर्ता लगायतका विषयमा प्रक्रिया अघि बढाइए पनि कार्यान्वयन नभएको आरोप लगाएको छ । आन्तरिक छलफलपछि सरकारको पछिल्लो निर्णयबारे आधिकारिक धारणा सार्वजनिक गरिने नेता अनिलकुमार झाले जानकारी दिनुभयो ।

चुनावअघि निर्वाचन लगत्तै संविधान संशोधन हुने ग्यारेन्टी हुनुपर्ने राजपाको माग छ । चुनाव थप केहीदिन पर सार्नुपर्ने पनि प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया