बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

गर्भवती भएका बेला आमाले धुम्रपान गर्दा पेटमा रहेको बच्चाको कलेजोमा असर गर्ने वैज्ञानिकले बताएका छन् । स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयका वैज्ञानिकले गरेको

नयाँ स्टिम सेल अनुसन्धानको क्रममा गर्भवती भएका बेला महिलाले धुम्रपान गर्दा आमाको मात्रै नभएर पेटमा हुर्किँदै गरेको बच्चाको कलेजोमा पनि असर गर्ने देखिएको हो । चुरोटमा रहेका रसायनको ककटेलका कारण गर्भमा रहेको बच्चाको कलेजोको विकासमा असर गर्ने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

चुरोटमा हुने रसायनले विशेष गरी विकास हुँदै गरेको कलेजोमा बढी असर गर्ने देखिएको हो । आमाले धुम्रपान गर्दा गर्भमा रहेको बच्चाको कलेजोमा हानिकारक पदार्थ फेला परेको वैज्ञानिकले बताएका छन् । यस्तै चुरोटमा हुने रसायनले पुरुष तथा महिलाको भ्रुणमा पनि असर गर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया