बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – हडर्सफिल्ड टाउन प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब हडर्सफिल्डले प्रिमियर लिग बढुवाको लागि भएको प्लेअफ फाइनलमा सोमबार राति टाइब्रेकरमा रिडिङलाई ४–३ ले हराउँदै पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको हो ।

निर्धारित र थप गरिएको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । वेम्बलीमा भएको खेलमा रिडिङका लिएम कोरी र जोर्डन बाबिटाको प्रहार गोल हुन नसकेपछि हडर्सफिल्ड विजयी भएको हो ।

हडर्सफिल्डका लागि क्रिष्टोफर स्चिनड्लेरले विजयी गोल गरे । योसँग प्रिमियर लिगमा बढुवा हुने तीन टिमको टुंगो पनि लागेको छ । न्याक्यासल र ब्राइटनले यसअघि नै प्रिमियर लिगमा स्थान पक्का गरेका थिए ।

 

तपाईको प्रतिक्रिया