बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – दायित्व बान्मय प्रतिष्ठानले बिभिन्न क्षेत्रका साहित्यिक स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ । प्रतिष्ठानको बार्षिकोत्सबका अबसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदका पुर्ब अध्यक्ष सर्बोच्च अदालतका पुर्ब प्रधानन्याधीश खिलराज रेग्मीले दायित्व बिशिष्ट सम्मान साहित्कार रोचक घिमिरे र प्रा डा दयाराम श्रेष्ठ र बेदमणि शर्मा घिमिरेलाई प्रदान गर्नुभएको हो ।

यस्तै प्रमुख अतिथि रेग्मीले हरिकला गुणाकर दायित्व रचना पुरस्कार आत्मराम खरेललाई प्रदान गर्नुभएको छ । सो अबसरमा दायित्व बान्मय प्रतिष्ठानका अध्यक्ष एवं बरिष्ठ साहित्कार रामप्रसाद पन्तद्धारा लिखित प्रमुदित पाइलाहरु र इन्दु पन्तद्धारा लिखित शब्द सरिता नामक रचनाको पनि लोकार्पण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रिपरिषदका पुर्ब अध्यक्ष रेग्मीले अबको साहित्य २१ शताब्दि अनुकुल सन्देश र चेतनामुलक हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा बरिष्ठ साहित्यकार समालोचकहरु प्रा राजेन्द्र सुबेदी ,डा भागवत ढकाल, यादब भट्राई , सुब सेन, प्रा गोपिकृष्ण शर्मा लगायतले बिमोतिच कृति र पुरस्कुत स्रष्टाका बारेमा प्रकाश पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया