शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने या नलिने विषयमा संघीय गठबन्धन भित्र दुई धार देखिएको छ ।
राजेन्द्र महतो र राजकिशोर यादव निर्वाचन बिथोल्ने कार्यक्रमसहित चर्को आन्दोलनको पक्षमा छन् भने त्यसविपरीत शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झाहरु निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन् । यो मुद्दामा महन्थ ठाकुर भने बीचमा उभिएका छन् ।
शुक्रबार सकिएको गठबन्धनको बैठकले चाहिँ निर्वाचनमा आफूहरु सहभागी नहुने र निर्वाचन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभएको, सहमतिअनुसार स्थानीय तहको संख्या थप नगरेको तथा छुटेका मतदाता नामावलीलाई समय नदिएको भन्दै गठबन्धनले निर्वाचनमा सहभागी नहुने जनाएको छ । निर्वाचनका सम्पूर्ण कार्यक्रममा अवरोध गर्ने गठबन्धनको निर्णय छ ।

तपाईको प्रतिक्रिया