शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – मामुली जनताका गाईबाख्रा हराउँदा वा चोरिँदा कसलाई मतलब रु तर जब सांसदकै बाख्रा हराउँछन् तब खलबली नमच्चिने कुरै भएन । भारतको उत्तरप्रदेशस्थित सत्तारुढ समाजवादी पार्टीका एक सांसदका २३ वटा बाख्रा चोरले चोरेपछि हल्ली खल्ली नै भयो ।

सांसद चौधरी मुनव्वर सलीमको मध्यप्रदेशको विदिशामा रहेको फार्म हाउसबाट उत्कृष्ट नश्लका २३ वटा बाख्रा चोरी भएका थिए । बाख्रा चोरी भएसँगै सांसदका भाइले पुलिसमा रिपोर्ट दर्ज गरे । पुलिसले धुइँपत्ताल लगाएर हराएका बाख्रा खोजी गर्यो ।  विदिशा पुलिसले आनन फाननबाट १७ वटा बाख्रा बरामद गर्न सफल भयो । त्यस्तै थप ३ वटा बाख्राको शव प्राप्त भएको छ भने तिनवटा बाख्रा अझै बेपत्ता छन् ।

भारतमा यसरी पाल्तु जनावर चोरी हुने घटनाले बेलाबेलामा चर्चा पाइरहन्छ । झण्डै तिन वर्ष पहिले पनि उत्तर प्रदेशका समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री आजम खाँका सातवटा भैँसी चोरी भएका थिए । पुलिसले ती चोरी भएका भैँसीलाई २४ घण्टाभित्रै फेला पारेको थियो । पछिल्लोपटक सांसद चौधरीका अत्यन्तै महंगो नश्लका बाख्रा हराएपछि अधिकांस फेला परेपनि अझै तिनवटा चाहीँ भेट्टएिका छैनन् ।

सांसद चौधरी दुर्लभ नश्ल बाख्रा तथा कुकुर पाल्न निकै शौखिन रहेको बताइएको छ । चोरी भएका बाख्रा पनि श्रेष्ठ अलवारी नश्लका बाख्रा हुन् । -एजेन्सी

तपाईको प्रतिक्रिया