बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएको छन् । मेयरमा एमालेका हरिबहादुर महत र उपमेयर एमालेकै मीना लामा बिजयी हुनु भएको हो ।

मेयरमा एमाले हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ भने, निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा एमालेकी मीना लामाले २३ हजार ४३७ मत प्राप्त गरेर बिजयी हुदाँ निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत मात्र प्राप्त गर्नुभयो ।

मेयरमा ६१५ मतको फरक पर्दा उपमेयरमा भने एमालेकी मीनाले करीव ६ हजारको फरमा जित हासिल गर्नु भएको छ । उपमहानगरपालिकाका बहुमत वडामा पनि एमालेले बिजय हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया