शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – मलेसियासँगको दोश्रो मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । सुवान रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम ४–१ ले पराजित भएको हो ।

खेलको तेस्रो मिनेटमै पहिलो गोल खाएको नेपालले ४२ औं मिनेटमा अर्को गोल खाएको हो । यस्तै दोश्रो हाफको ५० औं मिनेटमा अर्को एक गोल खाँदै नेपाल ३–० ले पछि परेको थियो । ८२ औं मिनेटमा कप्तान सजना राना मगरले गोल गर्दै खेल ३–१ को स्थितिमा पुर्‍याइन् ।  तर खेल सकिन ४ मिनेट बाँकी छँदा मलेसियाले अर्को गोल गर्यो र समग्रमा ४–१ ले विजयी भयो ।

यसअघि गत सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो । २ महिनापछि हुने एसियन कप फुटवलको तयारीमा रहेको मलेसियाको निम्तोमा नेपाली महिला टोली २ वटा मैत्रीपूर्ण खेल खेल्न मलेसिया गएको हो ।

तपाईको प्रतिक्रिया