शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो– अमेरिकी सेनाद्वारा टोकियोको योकोता बेसक्याम्पमा राखिएको ग्लोबल हक नामक माबनवरहित बिमान हालै सार्बजनिक गरिएको छ । उक्त बिमान साधारण बिमानहरुले उडान गर्न नसक्ने उचाईमा पनि उड्न सक्ने बताईएको छ । ग्लोबल हकले १८ हजार मिटरको उचाईमा ३४ घण्टाभन्दा बढि लगातार उड्न सक्ने आसाही टेलिभिजनले जनाएको छ । बिमानको प्रमुख भाग करिब १५ मिटर लामो भएपनि पखेटाको भाग भने ४० मिटर रहेको बताइएको छ ।

जमिन छोडेपछि अमेरिकी भू–भागबाटै अन्तरिक्षसंग सम्पर्क गरी नियन्त्रणमा राख्न सकिने उक्त बिमान अमेरिकी सेनाको गुआम स्थित बेसक्याम्प अन्तरगत रहेको छ । हालका लागि यस्ता ४ वटा ग्लोबल हक बिमान सार्बजनिक गरिएको बताइएको छ ।

अमेरिकी सेनाका अनुसार उक्त बिमानहरु आगामी गृष्म महिनामा जापानमा आउन सक्ने ताइफुन लगायतका प्राकृतिक बिपत्तिको पूर्वानुमान गरी सोबाट बचाउने उदेश्यका साथ राखिएको हो । तर पछिल्लो समयमा उत्तर कोरियाद्वारा गरिएको लगातार मिसाइल प्रक्षेपण तथा चिनिया सेनाको गतिबिधीको अनुगमन गर्नको लागि सो बिमान प्रयोग गरिने अनुमान गरिएको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया