बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातबाट आज मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ११ काँहुका ४४ वर्षीय आचार्यको मृत्यु भएको हो ।

बिहानको खाना खाएर महानगरको मतगणनास्थलमा जाने तयारी गरिरहेका बेला करिब १० बजेतिर उहाँ एक्कासी ढल्नु भएको थियो । त्यसपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याउनसाथ उहाँको मृत्यु भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताउनुभयो ।

केसीका अनुसार केही दिनदेखि टाइफाईडको लक्षण देखिएपछि आचार्यले औषधि सेवन गरिरहनु भएको थियो । आचार्यका बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी छन् । आचार्यको आजैअन्त्येष्टि गरिने केसीले बताउनुभयो ।  आचार्य कांग्रेस कास्कीको बाह्रौ र तेह्रौं अधिवेशनबाट जिल्ला सदस्यमा चुनिनु भएको थियो ।

कांग्रेसको विधान अनुसार उहलाई यसपटक उपाध्यक्ष मनोनित गरिएको थियो । तरुण दल कास्कीका पूर्वसहसचिवसमेत रहेका आचार्य विभिन्न सामाजिक संघ संस्थामा पनि क्रियाशील हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया