बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – दलहरुबीच सहमति नभएपछि संसद् बैठक फेरि स्थगित भएको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नगरेसम्म संसद बैठक अवरोध गर्ने एमालेको अडानका कारण भोलि ४ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

संसदमा हिजो नै प्रधानमन्त्रीले विशेष सम्बोधन गरेर राजीनामा दिने तयारी गरेपनि स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिन माग गर्दै एमालेले संसद बैठक बस्न नदिँदा सम्बोधन रोकिएको थियो । अब भोलि बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

संसद सञ्चालन हुन नसक्दा आगामी आर्थिक वर्षको प्रि–बजेटमाथिको छलफल कार्यसूचि प्रभावित भएको छ । संसद अवरोध भएपछि प्रिबजेट छलफल नै नगरी नीति तथा कार्यक्रम घोषणा हुने भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रि बजेटबिना नीति तथा कार्यक्रम आउन लागेको यो नै पहिलोपटक हो ।

तपाईको प्रतिक्रिया