शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । चौंथो आधार शिविरमा २ नेपाली र २ विदेशी आरोही मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको परिचय खुल्न नसकेको जनाइएको छ । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको मानिएको छ ।

यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको अहिलेसम्म संख्या १० पुगेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया