शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बेलायत – बेलायतको म्यानचेष्टर शहरमा २२ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तको पहिचान भएको छ । म्यान्चेष्टरमै जन्मिएका सलमान अबेदीले विस्फोट गराएका प्रहरीले जनाएको छ ।

प्रहरीले २२ वर्षका अबेदीका बाबुआमा लिबियाबाट आएको हुन सक्ने जनाएको छ । प्रहरीले हमलाकारीले आफ्नै शरीरमा विष्फोट गराएको हुनसक्ने पनि जनाएको छ । विष्फोटक पदार्थ घरमै बनाइएको बम हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा अर्का एक जनालाई पक्रेको छ । मंगलबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो । ५० भन्दा धेरै मानिस घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया