शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गएराति भएको आतंककारी हमलामा परी २२ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ । २२ जनाको ज्यान गएको घटनाले नेपाललाई अत्यन्त दुःखी बनाएको नेपाल सरकारले जनाएको छ ।

परराष्ट्रमन्त्री डा।प्रकाश शरण महतले मंगलबार बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई पत्र लेखी हमलामा परी २२ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको हो ।  उहाँले यस दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र नागरिकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

म्यानचेष्टर घटना विरुद्ध विश्वभरका नेताहरुको ऐकेवद्धता
बेलायतको म्यानचेष्टर सहरमा हिजो साँझ आयोजित संगीतमय सन्ध्या भईरहेको स्थानमा भएको हिंसात्मक हमलाको विरुद्धमा विश्वभरका नेताहरुले ऐक्वबद्धता जनाएका छन् ।

सो सन्ध्याको अन्त्यमा अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो प्रस्तुती गरिरहेका अवस्थामा भएको आतंककारी हमलामा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । प्रारम्भिक समाचारमा यस घटनामा परी मृत्यु हुने व्यक्ति १९ भएको बताइएतापनि घाइते भएका व्यक्तिमध्ये केहीको मृत्यु भएपछि सो संख्या २२ पुगेको हो ।

बेलायतका प्रधानमन्त्री टेरेसा मेले यो अत्यन्त डरलाग्दो आतंककारी आक्रमण भएको बताउँदै यस घटनाबाट नआत्तिन र सबैलाई सम्हालिन आह्वान गर्नुभएको छ । उहाँले दोषीहरुलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रशासन लागि परेको पनि जानकारी दिनुभएको छ ।

यस्तै चीनका राष्ट्रपति सि जिनपिङले आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै बेलायतकी महारानी एलिजावेथ द्धितियालाई समवेदना सन्देश पठाउनुभएको छ ।

त्यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभत्स हत्याको निन्दा गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकबाद विरुद्धको सहकार्यलाई अझ बढाउन आवश्यक भएकोमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया