शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – भनिन्छ, परदेशको ठाउँ विरानो हुन्छ । यो स्वभाविक पनि हो । किनकी नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भेषभुषा आदिले गर्दा मान्छेलाई विरानो बनाइदिन्छ । तर, सूचनाप्रविधिको विकास र परदेशको मान्छेलाई लक्षित गरि परदेशमै अर्थात आफ्नै देशको अनुभूति गराउने गरि रेष्टुरेन्ट, होटल, दोहोरी, खाजाघरलगायतका व्यवसाय सञ्चालन हुन थालेपछि अब परदेशले परदेशको अनुभूति गराउन छाड्यो ।

केही वर्ष अघिसम्म जापानलाई विरानो मान्ने नेपालीहरु अब यही भूमिमा रम्न थालेका छन् । बढ्दो नेपालीहरुको संख्यासँगै नेपाल झल्काउने व्यवसाय, भेषभुषा र विविध गतिविधिका कारण उनीहरुले नेपालको न्यास्रो यही मेटाउन थालेका छन् । यस्तै, अरुलाई जापानको न्यास्रो मेटाउन र नेपालीहरुलाई जापानी खाना र सँस्कृतिको बारेमा जानकारी गराउने मुख्य उद्देश्यका साथ काठमाडौंको बालुवाटारमा उरुतोरा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गत २५ मार्चदेखि सञ्चालनमा आएको रेष्टुरेन्टले पूर्ण रुपमा जापानी परिवेशको झझल्को दिलाउँछ । जापानमै छु भन्ने भान गराउने गरि सजाइएका रेष्टुरेन्टका रुम र जापानको राष्ट्रिय खाना सुसीसहित तेम्पुरा, खाराआगे, सासीमी, उदोन, सोबाजस्ता खानाका परिकारले केही समय जापानीजहरुले नेपाल परिवेश बिर्सन्छन् भने नेपालीहरुले जापान सम्झन्छन् ।

सोही रेष्टुरेन्टमा जापानीको स्थानीय रक्सीकोसमेत स्वाद चाख्न पाइन्छ । रेष्टुरेन्ट भित्र प्रवेश गरेपछिको अतिथि सत्कार, जापानी सेफबाट बनाइएका खानाका परिकार आदिइत्यादि कारणले गर्दा पनि उरुतोरा रेष्टुरेन्ट जापानी र जापानी खाना मन पराउने नेपालीहरुबीच लोकप्रिय बन्दैछ । जहाँ नेपाली खाना सेटकोसमेत व्यवस्था छ । जापानी नागरिक मिजुगुची केन्जी, लोकनाथ वस्ती र प्रकाश पौडेलको करीब २ करोडको सामुहिक लगानीमा सञ्चालित उरुतोरा जापानस्थित योकोहामामा रहेको उरुतोराको चेन रेष्टुरेन्ट हो । जापानमा यसको ब्रान्ड बनिसकेको हुँदा नेपालमा यसको नामैले पनि जापानीहरु, जापान बसेका नेपालीहरु, विभिन्न राजदूतावासका कर्मचारी तथा जापानी खाना मन पराउनेहरु खोजीखोजी आउने गरेको सञ्चालक प्रकाश पौडेलको भनाइ छ । नेपालमा जापानी रेष्टुरेन्टहरु अति कम रहेको र उरुतोराले मौलिक जापानी स्वादमा अर्गानिक खानालाई विशेष प्राथमिकता दिएको कारण पनि यहाँ पाहुनाको आकर्षण बढी छ ।

रेष्टुरेन्ट सुरक्षित स्थानमा रहेको, मिडियम साइजको सेमिनार हल भएको, शान्त वातावरण, खुल्ला पार्किङको सुविधा, पारिवारिक वातावरण आदिले पनि उरुतोराको महत्व बढाइदिएको छ । जापानमा पूर्णीमा रेष्टुरेन्टका सञ्चालक भनेर परिचित उरुतोराका सञ्चालक पौडेल भन्छन् – ‘हामीले प्रतिकुलताकाबीच अनुकुलता खोज्दै काठमाडौंमा उरुतोरा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं । यसबाट हामी उत्साहित छौं र अब छिट्टै पोखरामा पनि यही खालको तर थप सुविधासहितको रेष्टुरेन्ट खोल्दैछौं ।’

  

तपाईको प्रतिक्रिया