शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले (भोली)जेठ १०० गते प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको पार्टीको वैठकमा जानकारी गराउनुभएको छ ।

बालुवाटारमा सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा प्रधानमन्त्रीले सो जानकारी गराउनुभएको हो । उक्त जानकारीपछि अन्य नेताहरुले कांग्रेससँगको सहमतिअनुसार पद छोड्नु नै उपयुक्त हुने सुझाव दिएका थिए ।

माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नुभएको छ । शेर बहादुर देउवाले जहिले छोड भन्नुहुन्छ त्यहि दिन प्रधानमन्त्री छोड्न तयार हुनुहुन्छ । कुनै विशेष घटनाक्रम भएन भने प्रधानमन्त्रीले १० गते राजीनामा दिनुहुनेछ ।’

तपाईको प्रतिक्रिया