शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बेलायत  – बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ । ५० जना भन्दा धेरै घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सांगितिक कन्सर्टपछि विस्फोट भएको हो । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन ।

कन्सर्टमा एरियाना ग्राण्डले गीत गाएपछि विस्फोट भएको थियो । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ  । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।

तपाईको प्रतिक्रिया