बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – सरकारले स्थानीय तहको संख्या थप गरेपछि निर्वाचन आयोगलाई चुनाव तयारीमा समस्या हुने भएको छ ।

आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको संख्या थप्दा का मगर्न निकै गाह्रो हुने बताउनुभयो । उहाँले जेठ १९ भित्र मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्न कठिन हुने बताउनुभयो ।

‘स्थानीय तह संख्या थप्दा मतदाता नामावलीलाई अन्तिम रुप दिन १२ देखि १५ दिन लाग्छ ,’ उहाँले भन्नुभयो, ‘१९ जेठमा उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने दिन तोकिएको छ, त्यसले आयोग दबाबमा हुन्छ ।’

तपाईको प्रतिक्रिया