शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

नायक निखिल उप्रेती दोस्रो चलचित्र निर्देशनको तयारीमा लाग्नुभएको छ । ‘भैरब’ चलचित्रबाट निर्देशन सुरु गर्नुभएका निखिलको दोस्रो चलचित्रमा भने बलिवुड कलाकारहरु मुख्य भूमिकामा रहने छन् । उहाँले निर्देशन गर्ने दोस्रो चलचित्रको ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नाम राखिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै निखिल उप्रेती प्रोडक्शनले चलचित्र निर्माणमा भारतको चलचित्र निर्माण कम्पनी ‘प्रामा ईन्स्ट्रुमेन्टस’सँगको सहकार्यमा अनिभेता निखिलले दुई करोड ५० लाखमा बन्ने चलचित्र निर्देशन गर्न लागिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा निखिलले चलचित्रको एक्सन खिच्नको लागि मात्रै एक करोड खर्च हुने बताउनुभएको छ । ‘कमिटमेन्ट सिक्स्टि आवर्स’ अमेरिका, थाइल्याण्ड, सिंगापुर, भारत र नेपाल गरि ५ देशमा छायांकन गरिने छ ।

चलचित्रमा ७० प्रतिशत हिन्दी भाषा, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुने पनि जनाएको छ । चलचित्रमा बलिवुड कलाकार रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जफर लगायतले काम गर्नेछन् । चलचित्रको लागि नायिका भने पक्का भएको छैन । चलचित्रमा निखिलको साथमा क्याप्टेन विजय लामाको पनि मुख्य भूमिका रहने छ ।

तपाईको प्रतिक्रिया