शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टाेकियाे-नेपाल पत्रकार महासंघ जापान शाखाकाे अायाेजनामा जापानमा स्थापित संघसंस्थाका प्रतिनिधीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

शनिवार टाेकियाे सिनअाेकुवाेस्थित बारकाडे रेष्टुरेन्टमा अायाेजित कार्यक्रममा जापानका विभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । जापानमा स्थापित संघसंस्थाहरू र पत्रकारहरूबीचकाे सम्बन्ध सुमधुर बनाउँदै समाचार सम्प्रेषणमा प्रभावकारीता ल्याउने उद्देश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे महासंघले बताएकाे छ ।

पत्रकार महासंघ जापानका अध्यक्ष माेहन घलेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास जापानका उपनियाेग प्रमुख कृष्णचन्द्र अर्याल रहनु भएकाे थियाे । त्यसैगरी विशेष अतिथि पत्रकार महासंघ केन्द्रका सदस्य पवनबर्षा शाह, अतिथिहरू एनअारएन जापानका अध्यक्ष सुदन थापा, नेपाल पर्यटन बाेर्ड- जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधी अनुज थापा रहनु भएकाे थियाे ।

कार्यक्रममा प्रवासी नेपाली मन्च जापानका महासचिव सुरेश केसी, बाँके वर्दिया मैत्री समाजका अध्यक्ष जनकविक्रम शाही, स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारी, पाल्पा समाजका जापानका अध्यक्ष निरन्जन गैरे, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, नेपाली जन प्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही, धादिङ समाज जापानका अध्यक्ष क‌ृष्ण प्रसाद खनाल, नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा, एभरेष्ट ईन्टरनेशनल स्कुल जापानका अध्यक्ष डा. भूपाल मान, श्रेष्ठ यूथ फर अल जापानका उपाध्यक्ष राजन पन्त, किराँत याक्थुङ चुम्लुङ जापानका सचिव मनकुमार तुम्सा, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लाेहनी, राप्ती साेसाइटी जापानका संयाेजक विशेश्वर रेग्मी, जनप्रगतिशील मन्च जापानका सचिव जनक सुवेदी, नेपाल इकाेनाेमिक्स अर्गनाइजेसनका अध्यक्ष जीवनराज भण्डारी, तमु धीं जापानका अध्यक्ष श्री भक्त गुरुङ, म नेपाली ग्रुपका प्रतिनिधी इन्दिरा गाैतम, अाेएनएफ जापानका कार्यवाहक अध्यक्ष वावुराम भण्डारी, नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयाेजक पदम ठगुन्ना, जापान नेपाली एकता समाजका प्रतिनिधी मानवहादुर क्षेत्री, कास्की पाेखरा समाजका कार्यवाहक अध्यक्ष विश्व सुवेदी लगायतले अा-अाफ्नाे विचार राख्नुभएकाे थियाे ।

राष्ट्रिय गानबाट शुरू गरिएकाे कार्यक्रममा पत्रकार महासंघ जापानका वर्तमान कार्यसमितिका पदाधिकारीहरूकाे परिचय पनि गराइएको थियो ।  महासंघका उपाध्यक्ष पूर्ण चलाउनेकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रम संघका सचिव ऋतुकुमार दुराले सञ्चालन गरेका थिए । ***

तपाईको प्रतिक्रिया