शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

Src : Yomiuri Sinbun

टोकियो–सन २०११ मार्चको महा–भूकम्प र सुनामीद्वारा अत्याधिक प्रभावित प्रान्त मध्येको एक मियागीकेनमा बिदेशी कामदारहरुको संख्या तिब्र रुपमा बृद्धि भईरहेको योमिउरी सिन्बुनले जनाएको छ । बिशेष गरि सेन्दाई क्षेत्र वरपरमा सो संख्या बृद्धि भईरहेको र सन २००८ पछिकै अत्याधिक पुगी ७ हजार ८०४ जना रहेको समाचारमा उल्लेख छ । उक्त संख्या अघिल्लो बर्षको तुलनामा २२ दशमलब ८ प्रतिशतले बृद्धि भएको हो । यसमा पनि प्रशिक्षार्थी तथा अनुमति लिएर पार्टटाइम काम गर्ने बिद्यार्थीहरु अत्याधिक रहेका छन् । सन २०११ मार्चको सुनामी पश्चात उक्त क्षेत्रमा बिदेशी कामदारहरु घटेका थिए । अधिकारीहरुका अनुसार प्रशिक्षार्थी कामदारको संख्या ४० दशमलब ३ प्रतिशतले बढेको छ भने बिद्यार्थीहरु १३ दशमलब ३ प्रतिशतले बृद्धि भएको छ ।

नागरिकताको आधारमा हेर्ने हो भने सबैभन्दा बढि चिनियाहरु छन । सो क्षेत्रको कुल बिदेशी कामदारहरुको संख्याको ३२ दशमलब २ प्रतिशत उनिहरुले ओगटेका छन । त्यसैगरी दोश्रोमा भियतनामी छन भने तेश्रोमा नेपाली कामदारहरु छन । कुल बिदेशी कामदारको २१।४ प्रतिशत भियतनामी र १४ दशमलब २ प्रतिशत नेपालीले ओगटेको तथ्यांकमा उल्लेख छ ।

बिशेष गरी मियागी केनको सामुद्रिक तटिय क्षेत्रमा रहेका मत्स्य ब्यवसाय सम्बन्धि कम्पनीहरुमा अझै पनि कामदारको अभाब भएको बताईएको छ । हाल सो क्षेत्रमा बिदेशी कामदारलाई रोजगार दिईरहेका कम्पनीहरु १,३७२ वटा छन भने यो संख्या आगामी दिनमा पनि बृद्धि हुने अनुमान गरिएको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स :

तपाईको प्रतिक्रिया