शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो–बिदेशबाट जापानमा रहेको कम्प्युटरमा एक्सेस गर्न मिल्ने इन्टरनेट सर्भर अनधिकृत रुपमा संचालन गरेको अभियोगमा एक चिनिया विद्यार्थी पक्राउ परेका छन । संचार सम्बन्धि कानुनको उल्लंघन गरेको अभियोगमा २६ बर्षिय लि सोलाई यहि बिहिबार जापान प्रहरीले साइतामाबाट पक्राउ गरेको खबर जापानी संचारमाध्यामहरुले प्रकाशित गरेका छन् । उनले संचार मन्त्रालयको अनुमति बिना सन् २०१६ मार्च २६ देखि अक्टोबर ३१ तारिकसम्म साइतामा केनको तोदा सिटीमा अवस्थित एक कोठाबाट सो सर्भर संचालन गरेको प्रहरीले बताएको छ ।

गतबर्षको जुन महिनामा चिबाकेनबाट इन्टरनेट बैंकिंग मार्फत अबैधानिक रुपमा रेमिट्यान्स गरेको घटनामा उक्त सर्भर प्रयोग गरिएको भेटिएपछि अनुशन्धान गर्दा यो अपराध समेत पत्ता लागेको हो । त्यसै गरी निगाता, फुकुओका लगायतका क्षेत्रबाट पनि सोहि सर्भर प्रयोग गरी अबैधानिक एक्सेस गरिएको अनुशन्धानको क्रममा पत्ता लागेको छ । ७ महिनाको अवधिमा बिदेशका करिब १६ सय स्थानबाट उक्त सर्भरमा एक्सेस गरिएको पाइएकोले अन्य अपराधहरुमा पनि सर्भरको प्रयोग भएको हुन सक्ने भन्दै थप अनुशन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स

तपाईको प्रतिक्रिया