शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – भारतको उत्तर प्रदेश राज्यअन्तर्गत हमिरपुरको एक सार्वजनिक बसमा आज  विहान विद्युतको हाइटेन्सन लाइन खसेपछि ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाइटेन्सन लाइन खसेपछि बस जलेर नष्ट भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । बान्दाबाट हमिरपुर जाँदै गरेको बस भाथा–जसपुरा रोड नजिकैै विजुलीको हाइटेन्सन पोलसँग ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।

बसको स्टेरिङ फेल हुँदा पोलसँग ठोक्किएको प्रहरीले जनाएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया