बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं  – नेपाल प्रज्ञा–प्रतिष्ठानले हीरक जयन्तीका अवसरमा आजदेखि ‘त्रिदिवसीय राष्ट्रिय वाङ्यमय सङ्गोष्ठी’ आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सङ्गोष्ठीमा साहित्यका विभिन्न विधा, दर्शन र नेपाल–भारत मैत्री सन्धि आदि विषयमा विमर्श हुने प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

विसं २०१४ मा सो प्रतिष्ठानको स्थापना भएको हो । कार्यक्रममा सहभागी हुन भारतका सिक्किम, दार्जि्लिङ, सिलिगुढीलगायतबाट नेपालीभाषी साहित्यकार पनि नेपाल आउनेछन् ।

तपाईको प्रतिक्रिया