शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

युरोपेली संघको कार्यालयले आयोजना गरेको ‘युरोपियन युनियन फिल्म फेस्टिबल–२०१७’ शनिबार (आज) देखि सुरू हुने भएको छ ।

कमलपोखरीस्थित कुमारी चलचित्र घरमा सुरू भएको महोत्सव चार दिनसम्म चल्ने छ । महोत्सवमा जर्मनी, डेनमार्क, स्पेन र फिनल्यान्डलगायत १४ देशका १६ चलचित्र प्रदर्शन गरिने युरोपेली संघको कार्यालयका प्रेस तथा सूचना अधिकृत अम्बर मैनालीले जानकारी दिए ।

ती चलचित्र महिला, बालबालिका, मनोरञ्जन, श्रीमान्श्रीमतीको सम्बन्ध, खेलकुद आदिसँग सम्बन्धित छन् ।

तपाईको प्रतिक्रिया